इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक
पाेखरा | असोज १७, २०८१
पोखरा: गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो ।
गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष राई र निरा थापा मगरको अभिनय रहेको गीतको म्युजिक भिडियोलाई एस टु प्रोडक्सनका सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । गीत निरा थापा मगरकोको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय बिष्ट सिर्जनामा लागिरहेका छन् । उनले सिर्जना गरेका गीतले भेगीय मौलिकतालाई समेत समेटेको छ । आमा प्रति सम्मान गर्दै गीत निर्माण गरिएको उनले बताए । गण्डकी प्रदेश सरकारको पूर्व सांसद समेत रहेका बिष्टले आमाको सम्झनालाई आत्मसात् गर्दै गीत लेखेको सुनाए ।
उसो त बिष्टले एक वर्ष अघि सार्वजनिक गरेको गीत “मुस्ताङे नानी” लाई निकै रुचाइएको थियो । युटुबमा उक्त गीतलाई हेर्नेको संख्या १७ लाख माथी छ । मुस्ताङे नानी जस्तै आफ्नो नयाँ सिर्जनालाई समेत दर्शकले मन पराउनेमा उनी आशावादी छन् । मुस्ताङ जिल्लाको लोमान्थाङ र कोरला नाकाको वरिपरि छायाँकन गरिएको भएर पनि होला म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।
उक्त गीतले लोमान्थाङको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बिष्टको छ । अपर मुस्ताङको रहनसहन र सामाजिक अवस्थालाई समेत गीत मार्फत दर्शाउन खोजिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

